IME Life New

लिबर्टी माइक्रो लाइफको खुद व्यापार ६२%ले बढ्यो, जीवन बीमा कोषको आकारमा पनि १३२% को वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा घटेको हो ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ८ लाख ६७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६० लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ८ लाख २० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ५७ लाख ५७ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४४ करोड ४२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा १९ करोड २६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको बीमा कोषको आकार १३२ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ५२ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ३२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ ।

कम्पनीले समीक्षा वर्षमा ४४ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS