IME Life New

लिबर्टी माइक्रो लाइफको लघुजीवन बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुजीवन बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सेवा विस्तार तथा जीवन बीमा जागरण अभियान अन्तर्गत गण्डकी प्रदेश, भिमाद नगरपालिका वडा नम्बर ३ मा “स्थानीय सरकारसँगको समन्वयमा लघुजीवन बीमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम” फागुन २८ गतेका दिन सम्पन्न गरेको हो ।

भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीको प्रमुख आतिथ्यमा तथा भिमाद नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पदम राज सेन ठकुरी तथा वडा सदस्यहरुको विषेश उपस्थितिमा संचालन गरिएको उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख शिव प्रसाद पौडयालले लघु जीवन बीमाको महत्व तथा विषेशताहरुका बारेमा प्रकाश पार्र्दैै त्यस क्षेत्रका सर्वसाधारलाई लघु जीवन बीमा गरी आफ्नो आर्थिक भविष्य सुरक्षित बनाउन अनुरोध गरे ।

Esewa
Crest

साथै उपस्थित जनप्रतिनिधिहरुलाई स्थानीय स्तरमा लघु जीवन बीमा सुरक्षाको प्रवर्धन कार्यमा वहाँहरुको भुमिका प्रभावकारी हुने भएको आवश्यक सहयोग तथा समन्वयका लागि अपील गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दधिराज सुबेदीले बीमाको महत्व वारे प्रकाश पार्दै बीमा सुरक्षा सबैका लागि आवश्यक रहेको कुरा बताउदै नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्घता ब्यक्त गरे । त्यसैगरी वडा अध्यक्ष पदम राज सेन ठकुरीले वडावासी लाई बीमाको लागि अभिप्रेरित गर्ने तथा न्युनआय वर्गको बीमा वडाको तर्फबाट गर्न आवश्यक पहल गर्ने बताए ।

उक्त कार्यक्रममा स्थानीय बासी, जनप्रतिनिधि, कम्पनीका उपशाखा प्रमुख फत्त बहादुर खड्का, कम्पनीका एजेन्सी म्यानेजरहरु अभिकर्ताहरु लगायतको बक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कम्पनीको चीफ एजेन्सी म्यानेजर उमाकान्त श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS