IME Life New

लिबर्टी माइक्रो लाइफको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सोही अवधिका वित्तीय विवरणसहित अनुसूचीहरुउपर छलफल गरी पारित गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

भा भाग लिन शेयरधनीले आफ्ना परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS