IME Life New

लिबर्टी माइक्रो लाइफले बागमति प्रदेशका विभिन्न सहकारीसँग गर्यो बीमा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले हालै बागमति प्रदेशका विभिन्न सहकारी संस्थाहरुसँग सम्झौता गरि बीमा सेवा सुचारु गरेको छ। कम्पनीले एक्जोटिक सेभिङ एण्ड क्रेडिट सहकारी, कालोपूल ५, पलेस्वां सेभिङ एण्ड क्रेडिट, टेकु, जय माँ अजिमा सेभिङ एण्ड क्रेडिट, हाडिगाउँ, क्लिक सेभिङ एण्ड क्रेडिट, रातोपूल, प्रतिभा बहुउद्देश्यीय संस्था, ललितपुर, उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी, गोकर्णेस्वर, ज्योति मिर्मिरे सामुहिक सेभिङ एण्ड क्रेडिट, पनौतिबीच सम्पूर्ण ऋणीहरुको बीमा गर्ने सम्झौता सम्पन्न भएको हो ।

आफ्नो ऋणी तथा सदस्यहरुलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्षा गर्ने उद्देश्यले निकै नै सस्तो दरमा लघुजीवन बीमा गराइएको हो।

Esewa
Crest

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स तथा बिभिन्न सहकारीका सम्बन्धित प्रतिनिधिहरुको उपस्थितिमा सम्झौता सुचारु गरेका हुन् ।

निकै नै सस्तो, गुणस्तरीय, न्यून आय भएका वर्गलाई लक्षित तथा अनलाईनबाटै सेवा लिन पाउने भएकाले यो सेवा लिनलाई अन्य सहकारी तथा संस्थाहरुलाई पनि यो सेवाको बारेमा जानकारी गराउने संस्थाका प्रतिनिधिहरुले बताए ।

देशैभरीका सहकारीहरुमा ऋणी तथा सदस्यहरूका लागि बीमा सचेतना कार्यक्रम संचालन गर्दै लिबर्टी माइक्रो लाईफ अघि बढि रहेको छ । लगभग ६० प्रतिशत नेपालीहरु बिशेषत न्यून आय भएकाहरु, इन्स्योरेन्सको दायरामा नआएका लक्षित बर्गलाई समेट्न सम्पूर्ण स्थानीय सरकार तथा सहकारी लघुवित्तहरुलाई बीमा गराउन आब्हान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS