IME Life New
GBIME

लिबर्टी माइक्रो लाइफले ल्यायो ग्यारेन्टिड ग्रोथ प्लान, यस्ता छन् विशेषता

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बीमा योजना “ग्यारेन्टिड ग्रोथ प्लान” बीमालेख प्रचलनमा ल्याएको छ । यस योजनाले वर्तमानमा सानो-सानो रकम बचत गरी बीमालेख परिपक्व हुदाँ बीमितलाई एकमुष्ठ रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मदत गर्दछ । साथै कथंकदाचित बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस बीमालेख १८ वर्ष देखि ६५ वर्षसम्मको व्यक्तिले न्यूनतम ८ वर्ष तथा अधिकतम् २५ वर्ष अवधिको लागि खरीद गर्न सक्नेछन् । यस बीमा योजना अन्र्तगत न्यूनतम् बीमाङ्क १० हजार तथा अधिकतम् बीमाङ्क ५ लाख सम्म हुनेछ । यस बीमा योजना अन्र्तगत ग्राहकवर्गले आफ्नो आवश्यकता तथा इच्छा अनुसार वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा एकमुष्ठ रुपले बीमाशुल्क तिर्न सक्नेछन् । साथै यस योजनासंगै अतिरिक्त सानो रकम तिरी एडीबी तथा एटीपीडी सुविधा पनि लिन सकिनेछ ।

Crest

यस बीमा योजनाको मुख्य विशेषता बीमालेखको अवधि भुक्तानीमा बीमाङ्क रकम तथा बीमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म २५ रुपैयाँ, १०-१४ वर्षे अवधिसम्म ३५ रुपैयाँ, १५-१९ वर्षे अवधिसम्म ४५ रुपैयाँ तथा २० वर्ष वा सो भन्दा माथिको अवधिमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजारको दरले ग्यारेन्टी रिर्टन दिइनेछ ।

यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बीमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु हुंदा मूल बीमाङ्क रकममा बीमालेखको अवधिको आधारमा बीमाङ्क रकममा प्रत्याभूत गरिएको आय थप गरि एकमुष्ठ भुक्तानी गरिनेछ ।

साथै बीमालेख अन्र्तगत पूरा तीन वर्षको बीमाशुल्क भुक्तानी भै बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भएको अवस्थामा नेपाल बीमा प्राधीकरणले लागु गरेको विधि अनुसार बीमालेख अन्र्तगत सर्मपण मूल्यको ९० प्रतिशतसम्म कर्जा वा बीमालेख सर्मपण गर्न सकिनेछ ।

यस नवीन बीमालेखको फाइदा उठाउन सम्पूर्ण ग्राहकवर्गहरुलाई यो बीमालेख खरिद गर्न साथै कम्पनीका कर्मचारी तथा अभिकर्ता वर्गलाई सम्पर्क गरी विस्तृत जानकारी लिन समेत कम्पनीले आग्रह गरेको छ ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS