IME Life New

विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी लिबर्टी माइक्रो लाइफले मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो व्यवसायिक यात्राको तीन वर्ष सफलता पुर्वक पूरा गरी आज पुस १७ गतेबाट चौथो वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा कम्पनीले यस अवस्थासम्म ल्याई पु-याउन अमुल्य योगदान दिने शेयरधनी महानुभावहरु, संचालकहरु, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामकीयहरु, संचार जगत, ग्राहकवर्ग, अभिकर्तावर्ग, कम्पनीको ब्यवस्थापन तथा कर्मचारीवर्ग, ब्यवसायिक सझेदारवर्ग लगायत कम्पनीका सम्पुर्ण शुभेच्छुक, शुभचिन्तकहरु प्रति हार्दिक सम्मान एवं धन्यवाद ब्यक्त गरेको छ ।

यस वार्षिकोत्सवका अवसारमा कम्पनीले लघु जीवन बीमाका लक्षित वर्गमा बीमाको सचेतना फैलाउने तथा कम्पनी र समुदाय बीचको सम्बन्धलाई दरिलो र भरपर्दो बनाउने उद्देश्यले विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

Esewa
Crest

यस्ता कार्यक्रमहरु अन्तर्गत काठमाडौंमा मानव सेवा आश्रम, रानीवनका २१६ जनालाई भोजन तथा फलफुल वितरण, कोशी प्रदेश अन्तर्गत बूढिगंगा नगरपालिका – २ स्थित मधुग्राम देवाता आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण, पोखरा उपमहानगरपालिका –१० स्थित कुडाहार अधारभुत विद्यालयका बिद्यार्थीहरुलाई जुत्ता मोजा वितरण, गैँडाकोट –३, नवलपरासी स्थित बालविकास केन्द्रका बालबालिकालाई न्यानो लुगा वितरण, पर्वतको कुश्मा नगरपालिका –२ स्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ५ सम्मका दलित समुदयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, लमजुङ्गको सुन्दर बजार नगरपालिकाका निम्न आयवर्गका कृषकहरुलाई बिउविजन वितरण, नेपालगंज स्थित छत्रवास अनाथाश्रमका बच्चाहरुलाई न्यानो लुगा वितरण, सुर्खेत स्थित मानव सेवा आश्रमका जेष्ठ नागरिकहरुलाई भोजन वितरण, तथा धनगढी स्थित श्री मसानी वेताल आधारभुत विद्यालय र कञ्चनपुर स्थित श्री दिपनगर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग लगायत शैक्षिक सामाग्री वितरण गरेको छ ।

यस अवसरमा कम्पनीले लघु जीवन बीमा सेवालाई विस्तार गर्दै, आफ्ना सेवाहरुलाई समयानुकुल प्रविधिकरण गरी लक्षित वर्गमा सरल, सुलभ र ग्राहक मैत्री सेवा प्रवाहका माध्यमबाट ब्यवसाय बृद्धि गर्दै ग्राहक तथा लगानीकर्ताको अपेक्षा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS