काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३४ लाख ५ हजार ४२५ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
यो लाभांश विद्युत नियमन आयोगको स्वीकृपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















