IME Life New

जापानले बनायो विश्वकै सबैभन्दा फास्ट इन्टरनेट, १ सेकेन्डमै डाउनलोड हुन्छ पूरै नेटफ्लिस्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्टरनेट टेक्नोलोजीको दुनियाँमा जापानले एउटा ठूलो काम गरेर देखाइदिएको छ। जापानले विश्वमै सबैभन्दा फास्ट इन्टरनेट स्पिड हासिल गरेको हो।

जापानको नेसनल इन्स्टिच्युट अफ इन्फोर्मेसन एन्ड कम्युनिकेसन्स (एनआईसीटी)ले देशले १.०२ पेटाबाइट्स प्रतिसेकेन्ड (पीबीपीएस)को इन्टरनेट स्पिड हासिल गरेको दाबी गरेको छ। यो १०२ करोड एमबीपीएसको स्पिडबराबर रहेको छ।

Esewa
Crest

यो इन्टरनेट स्पिड यति धेरै छ कि नेटफ्लिक्सको सबै फिल्म १ सेकेन्डमै डाउनलोड गर्न सकिन्छ। अहिलेको अवस्थामा नेटफ्लिक्सको फुल लाइबरेरी ४५ हजार जीबीको रहेको छ।

जापानको यो इन्टरनेट स्पिडले थुप्रै देशलाई पछि पारेको छ। एनआईसीटीका अनुसार यसको उद्देश्य हाई स्पिड इन्टरनेटको मौजुदा पूर्वाधार तयार गर्नु रहेको छ। जसमा जापानले सफलता प्राप्त गरेको छ।

एनआईसीटीले यस योजनामा सुमितोमो इलेक्ट्रिक र युरोपियन रिसर्चरका साथ साझेदारी गरेको थियो। सुमितोमोले फाइबर अप्टिक केबल विकास गरेको थियो भने एनआईसीटीले ट्रान्समिसन प्रणाली तयार गरेको थियो।

जापानमा यो हाई स्पिड इन्टरनेट प्राप्त गर्नका लागि स्पेसल डिजाइन गरिएको अप्टिकल फाइबर केबलको प्रयोग गरिएको छ। नयाँ केबलमा १९ कोर्सहरु प्रयोग गरिएको छ। जसमा प्रत्येकको थिकनेस ०.१२५ एमएम रहेको छ। जुन मौजुदा समयमा प्रयोग हुने फाइबर केबल समान रहेका छन्।

यो हाई स्पिडको परीक्षणका क्रममा डाटा सिग्नललाई १९ लुप्स केबलबाट पठाइएको थियो। हरेक एउटा लुप्स ८६.१ किलोमिटर लामो थिए। यो इन्टरनेट २१ पटक रिपिट भयो र यस्तोमा कुल १ हजार ८०८ किलोमिटरको दूरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS