IME Life New

नेपानगञ्जमा दुर्घटना न्यूनिकरण सम्बन्धी बीमा अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालगञ्जको बांकेमा फागुन २३ र २४ गते दुर्घटना न्यूनिकरण सम्बन्धी बीमा अन्तर्क्रिया सम्पन्न भएको छ । सुरक्षित यात्रा नेपाल,
सहआयोजकमा नेपाल बीमा प्राधिकरण, जीवन बीमक संघ नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स, निर्जीवन तथा लघु बीमा कम्पनीहरु तथा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश, जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सुरक्षित यात्रा नेपालले बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय समक्ष पेश गरेको दुर्घटना न्यूनिकरण सम्बन्धि प्रस्तावलाई कार्यान्वय गर्न विशेष पहल गरी नेपालगंज बाँकेमा दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बांके, जिल्ला ट्राफिक कार्यालय, यातायात ब्यवसायी, विद्यार्थी तथा जीवन तथा निर्जोवन र लघु बीमा कम्पनीहरु सहितको प्रभातफेरी कार्यक्रम मिति २०८१ साल फागुन २३ गते विहान ७ बजे नेपालगञ्ज उपमहानगरपालिकाबाट धम्बोझी चोकमा गइ कोणसभाबाट कार्यक्रम सम्पन्न गरेको थियो । जुन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट थिए । उक्त कार्यक्रममा करिव २५०० जना सहभागी भएका थिए ।

सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक तथा सरोकारवालाहरुको भूमिका विषयमा माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता भएको थियो साथै उक्त प्रतियोगिता कार्यक्रममा २० वटा विद्यालयहरुले भाग लिएका थिए ।

कार्यक्रममा सम्मानित हुने चालक, विद्यार्थी तथा बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए जुन कार्यक्रममा प्रमुख अतिथिका रुपमा डिआईजी दान बहादुर कार्की रहेका थिए । कार्यक्रममा ७० जना चालकहरुलाई सम्मान गरिएको थियो ।

नेपाल बीमा प्राधिकरण लुम्बिनि प्रदेशका कार्यालय प्रमुखले दुर्घटना बीमाका विषयमा जानकारी गराएका थिए । प्रमुख अतिथि डिआईजि दान बहादुर कार्कीज्यूले दुर्घटनाका कारणहरु सडकको अवस्था, सवारी साधनको अवस्था, चालककको लापरवाही र यात्रुको लापरवाहीको कारणले दुर्घटना हुन सक्ने विषयमा प्रष्ट्याएका थिए ।

साथै कार्यक्रमको सभापती सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद वेलवासेले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS