IME Life New

आज देखि काठमाडाैं उपत्यकामा बीमा कम्पनीको कार्यालयहरू खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले अत्यावश्यक सेवाका लागि आवागमनमा सहजीकरण गरेपछि बिहीबारदेखि बीमा कम्पनी र बैंकका कार्यालयहरू खुल्ने भएको छ।

सेनाले शुक्रबारसम्मका लागि जारी गरेको निषेधाज्ञा र कर्फ्यु आदेशमा काठमाडाैं उपत्यकामा बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्मका लागि अत्यावश्यक सेवा प्रदान गर्न आवागन खुल्ला गरिएको छ।

Esewa
Crest

बीमा कम्पनीका कर्मचारीहरूले आफ्नो तस्वीर सहितको परिचय पत्र वा तस्वीर सहितको अन्य कुनै आधिकारिक पत्र(नियुक्ति पत्र, कार्यालयले जारी गरेको आधिकारिक पत्र) को आधारमा कार्यालय आउजाउ गर्न सक्नेछन्।

सेनाले काठमाडाैं उपत्यका बाहिरका जिल्लाहरूमा स्थानीय सुरक्षा समितिले आवश्यकता अनुसार निर्णय गरेर शान्ति सुरक्षाको व्यवस्था मिलाउन अनुरोध गरेकाले बाहिरका जिल्लाहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गर्ने आदेश बमोजिम हुनेछ।

जेन जी को आन्दोलनमा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाउँदा सोमबार १९ जनाको दुःख निधन भएपछि मंगलबार र बुधबार काठमाडाैं उपत्यकाभित्र सम्पूर्ण बीमा कम्पनीको कार्यालयहरू बन्द रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS