IME Life New

सात महिनामा लघु जीवन बीमकले भित्र्याएर पौने ६४ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमकले चालु आर्थिक वर्ष २०८२।८३ को ७ महिना माघसम्म पौने ६४ करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले माघसम्म ६३ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म लघु जीवन बीमकको कुल सक्रिय २३ लाख ५५ हजार ८४४ वटा रहेका छन्।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा बढी व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २२ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख संख्या ५ लाख ५९ हजार २६९ वटा रहेको छ।

यसैगरी माघसम्म गार्डियन माइक्रो लाइफले २२ करोड ७३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १८ करोड २० लाख रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन्। यस अवधिसम्म गार्डियन माइक्रो लाइफको सक्रिय बीमालेख संख्या १४ लाख ३२ हजार ६८७ वटा र लिबर्टी माइक्रो लाइफको ३ लाख ६३ हजार ८८८ वटा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS