IME Life New

एक महिनामा लघु निर्जीवन बीमकको व्यापार रु. ७.३१ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा सवा ७ करोड रुपैयाँ माथिको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले ७ करोड ३१ लाख रुपैयाँ माथिको व्यापार भित्र्याएका हुन्। समीक्षा अवधिमा यी कम्पनीहरुले २५ हजार ८ वटा बीमालेख जारी गरेका छन्।

Esewa
Crest

लघु निर्जीवन बीमकमध्ये सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले साउनमा ७ हजार २३० वटा बीमालेख जारी गर्दै २ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ५ हजार ९९३ वटा बीमालेख बिक्री गरेर १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले ६ हजार ५९५ वटा बीमालेख जारी गर्दै १ करोड ७६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५ हजार १९० वटा बीमालेख जारी गरेर १ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS