IME Life New

आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्तालाई पोखरामा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२५’ मा भव्य रुपमा सम्मान गरेको छ।

पोखरा ग्रान्डमा आयोजित कार्यक्रम कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु, प्रदेश प्रमुखहरु र कम्पनीका कर्मचारीहरुको सहभागितामा सम्पन्न गरेको हो । कम्पनीका अभिकर्ताको व्यावसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्तालाई नेपालमै निर्मित स्वदेशि आँखीझ्याल शैलीका विशेष अवार्ड प्रदान गरिएको थियो।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारीको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवा सञ्चालन गर्दै लैजाने उद्घोष गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS