IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा विस्थापित परिवारलाई सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षति भएका विस्थापित परिवारलाई रु.१,००,००० बराबरको ३२ थान सिरक खरिद गरी कम्पनीको केन्द्रिय कार्यालय, पानीपोखरी, काठमाडौंमा एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेको छ ।

कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अभिरल वर्षाको कारण कालिकोट जिल्लाको शुभ कालिका गा.पा. वडा नं. २, ३, ७ र ८, महावै गा.पा. वडा नं. १ र ५, खाँडाचक्र नगरपालिका वडा नं. १ र ५, तिलागुफा न.पा. वडा नं. १० र ७ मा क्षेती पुगेका घरपरिवार र तिलागुफा न.पा. वडा नं. ५ र ६, खाँडाचक्र न.पा. वडा नं. १० का आगलागी पिडित समेत उक्त गाउँका जम्मा ५७ घर परिवार पूर्ण रुपमा अविरल वर्षाबाट क्षति भई विस्तापित भएका हुँदा उक्त परिवारको अवस्था हालसम्म नाजुकै भएकोले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रबाट आवश्यक सहयोगका लागि अनुरोध भई आएकोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षति भएका विस्थापित परिवारलाई उक्त सहयोग गरेको हो ।

Esewa
Crest

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गरे । सीईओ श्रेष्ठले उक्त अवसरमा प्राकृतिक विपत्तीबाट क्षति भई विस्थापित भएका परिवारलाई सहयोग गर्न कम्पनीसँग सहकार्य गरेकोमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई धन्यवाद व्यक्त गरे । साथै, श्रेष्ठले प्राकृतिक विपत्तीबाट पीडितहरूको शीघ्र पुनःस्थापनाको कामना गर्दै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त अवसरमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीले पीडितहरूको राहतका लागि गरिएको यस प्रयासको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड परिवार प्रति हृदयदेखि धन्यवाद व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS