IME Life New

नेप्से घटेको साता ४०% भन्दा धेरैले बढ्ने शेयर कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक यो साता ४४.८६ अंकले घटेको छ। गत साता २६७६.०३ विन्दुमा बन्द भएको बजार यो साता २६३१.१७ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक यो साता १.६८% ले घटेको छ।

नेप्से परिसूचक घटेको साता पनि ४ कम्पनीको शेयर ४०% भन्दा माथि वृद्धि भएको छ। सागर डिस्टिलरी, झापा इरर्जी, स्वस्तिक लघुबित्त र श्रीनगर एग्रीटेकको शेयर मूल्य यो साता ४०% भन्दा धेरैले वृद्धि भएको हो।

Crest

यो साता सागर डिस्टिलरीको शेयरमूल्य सर्वाधिक ४६.४०% ले वृद्धि भएर १९५१.८० रुपैयाँमा बन्द भएको छ। त्यस्तै दोस्रोमा झापा इनर्जीको शेयरमूल्य ४६.३९% बढेर १०७३ रुपैयाँमा बन्द भएको छ।

तेस्रोमा स्वस्तिक लघुवित्तको शेयरमूल्य ४६.३८% ले बढेर ११९४.३० रुपैयाँ पुगेको छ। चौथोमा श्रीनगर एग्रीटेकको शेयरमूल्य ४७.३८%ले बढेर प्रतिकित्ता ६४६ रुपैयाँ पुगेको छ।

यो साता ४०% माथि मूल्य वृद्धि हुने सबै शेयरले आइपीओ निष्कास्न गरी भर्खरै दोस्रो बजारमा सूचीकृत भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS