IME Life New

निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै हिमालयन एभरेष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीले भर्चुअल (माइक्रोसफ्ट टिम्ज) माध्यमबाट तालिम सञ्चालन गर्ने भएको हो। तालिम काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा असार १७ गतेदेखि असार १९ गतेसमम सञ्चालन हुनेछ। तालिम बिहान ९ः३० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

Esewa
Crest

असार १९ गते अपराह्न ४ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म परीक्षा हुने कम्पनीले जनाएको छ।

तालिममा सहभागी हुन न्यूनतम प्लस टु वा प्रविणता प्रमाणपत्र वा सोसरहको परीक्षा उत्तीर्ण गरेको नेपाली नागरिक हुनुपर्ने कम्पनीले जनाएको छ। तालिममा सहभागी हुन कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

आवेदनसँगै नागरिकता, चारित्रिक र शैक्षिक प्रमाणपत्र तथा स्थायी लेखा नम्बरको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो ४ प्रतिशत पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS