IME Life New

थप समस्यामा हिमालयन बैंक, शेयरधनीसँगै कर्मचारी पनि आजित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक पछिल्लो समय समस्याको जालोमा फस्दै गएको छ। जसकारण बैंकको नाफामा पनि भारी गिरावट आएको छ। चालु आर्थिक वर्षको माघसम्ममा बैंकको नाफा १९.८६ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको माघसम्म हिमालयन बैंकको नाफा १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ छ। जब कि गत आर्थिक वर्षको माघसम्म बैंकको नाफा १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ थियो। गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा नाफा करिब २० प्रतिशतले घट्न पुगेको हो।

Esewa
Crest

चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ।

माघसम्म २० वटा बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यद्यपि, यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सामान्य अर्थात् १.६२ प्रतिशतमात्रै बढी हो। गत आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा ती बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

हिमालयन बैंकको नाफामात्र घटेको छैन, शेयरधनीलाई पनि निराश बनाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ। बैंकले लगातार २ वर्ष लगानीकर्तालाई लाभांशसमेत बाँड्न सकेन। बैंकले आर्थिक वर्ष २०८०।८१ र २०७९।८० मा लगानीकर्तालाई लाभांश दिन नसकेको हो।

एकातिर बैंकको नाफा घटिरहेको छ भने अर्कोतिर बैंकको उच्चस्तरीय व्यवस्थापकले अस्वभाविक खर्च गर्ने गरेको भेटिएको छ। हिमालयन बैंकका सीईओ अशोक राणाले गरेको टेलिफोन खर्च १३ लाख ४० हजार ३१ रुपैयाँ पुगेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। उनको यो टेलिफोन खर्च अति नै धेरै हो। टेलिफोन खर्च देखाएर उनले यो रकम अन्तै खर्च गरेको शेयरधनीहरुको आरोपसमेत उनीमाथि लगाउँदै आएका छन्। यसरी एकपछि अर्को समस्यामा हिमालयन बैंक पनि फस्दै गएको छ।

सिभिल बैंकसँग मर्जरमा गएर २०७९ फागुन १२ देखि हिमालयन बैंकले एकीकृत कारोबार सुरु गरेको थियो। त्यही समयदेखि नै बैंकमा समस्या बढ्न थालेको हो।

बैंकले यतिखेर निष्क्रिय कर्जा उठाउनसमेत सकिरहेको छैन। त्यसकारण ऋणीलाई तर्साएरै भए पनि असुली गर्ने रणनीति उसको छ।

हिमालयन बैंकको नेतृत्वमा अशोक राणाकै हालीमुहाली छ। उनी करिब १६ वर्षदेखि बैंकको नेतृत्वमा छन्। कर्मचारीहरु उनको खुलेर विरोध गर्न सक्दैनन्। तर, राणाबाट आजित भएको अनौपचारिक संवादहरु गर्दै आइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS