काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले १ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ३२ दशमलव ८३ प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४१ लाख ९१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा २५ लाख ८५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ५८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड रुपैयाँ थियो।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४४ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २१ करोड ४९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको बीमा कोषको आकार १९७ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा कम्पनीले ५८ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४५ करोड ८१ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।
कम्पनीले समीक्षा वर्षमा ४९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३९ करोड ९६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २३% ले बढेको छ।
शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.१४ रुपैयाँ कायम भएको छ। समीक्षा वर्षमा प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६१ पैसा छ ।












