IME Life New

गार्डियन माइक्रो लाइफः व्यापार उल्लेख्य बढ्दा नाफामा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३८१२.८४ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १ लाख ९२ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ५ लाख ७३ रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ४८ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १२ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ करोड १४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १००१.४७ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९०९.७१ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९०.४४ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ४.८८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.१८ रुपैयाँ थियो। पीई रेसियो ५०७.९१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.९३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS