IME Life New

दर्ता हुन अटेर गरेपछि फेसबुक र इन्स्टाग्रामसमेत बन्द गर्ने सरकारी तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक विकृती फैलिएको भन्दै चिनियाँ सामाजिक एप्स टिकटकको प्रयोगमा केहि महिना रोक लगाएको सरकारले अब फेसबुक, ह्वाट्स एपलगायतका अन्य सामाजिक सञ्जालमाथि रोक लगाउने तयारी गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै ३० दिनभित्र दर्ता हुन नआए नेपालभित्र सञ्चालनमा रोक लगाउने चेतावनी सहितको सूचना जारी गरेको हो। सूचनामा हालसम्म भाइबर, टिकटक र विटोक मात्र सूचीकरण भएर सञ्चालनमा रहेको उल्लेख गर्दै अन्य सामाजिक सञ्जाल मञ्चलाई ३० दिनभित्र सूचीकरण गरिसक्न निर्देशन दिएको हो।

Esewa
Crest

सूचनामा सूचीकरण हुन आउने सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वः नियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुपर्ने शर्त राखेको छ ।

तोकिएको समयभित्र सूचीकरण हुन नआए सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी समेत मन्त्रालयले दिएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्ने कुनै पनि कम्पनीले नेपालभित्र सेवा सञ्चालन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्ने प्रावधान छ। सूचीकृत हुँदा दर्ता शुल्कलगायतका शुल्क समेत तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS