IME Life New

स्वास्थ्य बीमा कोषलाई दिगो बनाउने सरकारको योजना, लगानीको नीति पनि अवलम्बन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कोषलाई दिगो बनाउने योजना बनाएको छ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८१ को कार्यान्वयन कार्ययोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई दिगो बनाउने उपाय अवलम्बन गर्न लागेको हो। यसका लागि जनस्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने अल्कोहल, सूर्तीजन्य पदार्थ, चिनीजन्य पदार्थ, वातावरण प्रदूषण, जंक फुड, प्लास्टिकजन्य, रसायनिक सामानलगायतका वस्तुको उत्पादन तथा उपभोगमा थप कर लगाई सोबराबरको संकलित रकम स्वास्थ्य बीमा कोषमा जम्मा हुने व्यवस्था गर्ने तयारी भएको हो।

Esewa
Crest

यस योजनाको जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय हुनेछ भने सहयोगी निकाय अर्थ मन्त्रालय हुनेछ। यसले स्वास्थ्य बीमा कोष दिगो वित्त व्यवस्थापन हुने लक्ष्य लिइएको छ।

यसैगरी स्वास्थ्य बीमा कोषको सञ्चित रकमलाई अल्पकालीन र दीर्घकालीन लगानीको नीति अवलम्बन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो कार्यको जिम्मेवार निकाय स्वास्थ्य बीमा बोर्ड र सहयोगी निकाय स्वास्थ्य र अर्थ मन्त्रालय रहेछन्। यस कार्यले स्वास्थ्य बीमा कोषको दिगो परिचालनको सुनिश्चितता हुने कार्ययोजनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS