IME Life New

सम्पत्ती शुद्धिकरणमा सघाएको भन्दै सरकारले टेलिग्राम एप्समा लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले दूरसञ्चार नियामक, नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मेसेजिङ एप टेलिग्राम माथि प्रतिबन्ध लगाएको छ ।

अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणको माध्यमका रूपमा प्रयोय भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले शुक्रबार दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूलाई नेपालभित्र तत्काल टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो ।

Esewa
Crest

प्राधिकरणले जारी गरेको विज्ञप्तीमा, नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन ठगीको घटना निरन्तर बढेको र सम्पत्ती शुद्धिकरण जस्ता गम्भीर अपराधमा प्रयोग भइरहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाएर बन्द गर्न निर्देशन दिइएको छ।

यो एप्स सूचना आदान प्रदान र कुराकानीका लागि मात्र नभएर रोजेको विषयवस्तुहरूका विषयमा महत्वपूर्ण श्रव्यदृश्य र पाठ्य सामाग्रीहरू पनि निःशुल्क उपलब्ध हुने माध्यम बनेको थियो।

सञ्चार मन्त्रालयले भने, यसको सकारात्मक पक्षभन्दा पनि नकारात्मक पक्षहरू क्रिप्टो कारोबार, डिजिटल ठगी लगायतको घटनामा माध्यमका रूपमा प्रयोग भएको भन्दै रोक लगाउन निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS