IME Life New

ठूलो बदलावको तयारीमा गुगल, विश्वभरको डोमेन हुनेछ परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुगलले एउटा ठूलो घोषणा गरेको छ। अब विश्वभरका प्रयोगकर्ताले ठूलो परिवर्तन देख्नेछन्।

कम्पनीले मंगलबार गरेको घोषणाअनुसार चाँडै नै गुगलको लोकल डोमेनहरु परिवर्तन गर्न लागेको छ। हालसम्म विभिन्न देशहरुका लागि लोकल गुगल डोमेन छन्।

Esewa
Crest

गुगलका यी लोकल डोमेनहरु धेरै वर्षदेखि प्रयोगमा छन् र लोकल सर्च रिजल्ट प्रदान गर्न प्रयोग गरिन्छ। अब नयाँ परिवर्तनअन्तर्गत कम्पनीले कन्ट्री कोड टप लेभल डोमेनहरु हटाउनेछ। जसको सट्टा प्रयोगकर्ता सीधै गुगल डट कममा पुग्नेछन्।

सन् २०१७ देखि गुगलले रियल टाइम फिजिकल लोकसनको एक्ससे प्रदान गर्दछ। ता कि सान्दर्भिक सर्च रिजल्ट प्रयोगकर्तालाई डेलिभर गर्न सकियोस्।

गुगलले यो अपडेट चाँडै नै सबै प्रयोगकर्तामा पुग्ने जनाएको छ। यसमा केही महिना लाग्न सक्छ। यो प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताले यूआरएलमा कुनै पनि देशको कोड टाइप गर्दा त्यो स्वतः गुगल डट कममा रिडाइरेक्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS