IME Life New
GBIME

गुगलले ल्यायो नयाँ पावरफुल एआई टुल, टेक्स्टबाट फोटो र भिडियो बनाउन सकिने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुगल आई/ओ २०२५ को समयमा कम्पनीले इमेजेन ४ र भिओ ३ नामक नयाँ इमेज र नयाँ भिडियो जेनेरेटर लन्च गरेको छ। यी सबैका बारेमा कम्पनीले धेरै यथार्थपरक इमेज र भिडियो जेनेरेट गर्न मद्दत गर्ने दाबी गरेको छ। अन्य एआई इमेज र भिडियो जेनेरेटरको तुलनामा यिनीहरुमा धेरै डिटेल हुनेछन्।

गुगलले आई/ओ २०२५ को समयमा फ्लो पनि प्रस्तुत गरेको छ। जुन एक एआईबाट सञ्चालित भिडियो टुल हो। यो टुल विशेषगरी फिल्म मेकर र क्रिएटिभ प्रोफेसनलका लागि डिजाइन गरिएको हो।

Crest

इमेजेन ४ र भियो ३ बाट फोटो र भिडियो उत्पन्न गर्न प्रयोगकर्ताले टेक्स्ट र इमेज प्रम्प्ट प्रदान गर्नुपर्नेछ। भियो ३ को सहयोगमा भिडियो मात्र नभई अटोमेटिक रुपमा उत्पन्न हुने अडियो पनि समावेश हुन्छ।

गुगलले भिओ ३ भिडियो जेनेरेसन मोडेलको पछिल्लो भर्जन रहेको जनाएको छ। यसले टेक्स्ट र इमेज प्रम्प्टको मद्दतले छोटो भिडियो क्लिप सिर्जना गर्न सक्छ। कम्पनीको दाबी छ कि भियो ३ मोडेलअन्तर्गत बनाइएका भिडियो बढी वास्तविक र गति पनि राम्रो हुनेछ।

गुगल आईरओ २०२५ मा भनिएको थियो कि भिओ ३ हाल बिटा भर्जनमा उपलब्ध छ। यो हाल अमेरिकामा जेमिनी एप र फ्लोमार्फत प्रयोग गर्न उपलब्ध हुनेछ। जसका लागि प्रयोगकर्तासँग गुगल एआई अल्ट्रा योजनाको सदस्यता हुनुपर्छ।

गुगलले आफ्नो पुरानो भिडियो प्लेटफर्म भियो २ का लागि पनि अपडेट ल्याएको छ। यसमा प्रयोगकर्ताले रिफ्रेन्स इनपुट, क्यामेरा कन्ट्रोल, आउटपेन्टिङ र अब्जेट एड एन्ड रिमुभका अप्सन पाउनेछन्।

गुगलले एआई इमेज जेनेरेटर मोडेल इमेजेन ४ पनि प्रस्तुत गरेको छ। यो मोडेलले २के रिजोल्युसनमा इमेज उत्पन्न गर्न सक्छ। यी तस्बिरमा प्रयोगकर्ताले राम्रो डिटेल पाउनेछन्। जस्तै फ्याब्रिक टेक्सचर, रिफ्लेक्सन आदि देखिनेछ। यो मोडेलले फोटोरियलिस्टिक र इमेज प्रम्प्टसहित विभिन्न शैलीका इमेज सिर्जना गर्न सक्षम हुनेछ।

इमेजेन ४ का अन्य विशेष सुविधाका बारेमा कुरा गर्दा इमेजभित्र टेक्स्ट पनि लेख्न सकिन्छ। जुन शुद्ध स्पेलिङसहित देखा पर्नेछ। यस्तो अवस्थामा प्रयोगकर्ताले इमेजेन ४ प्रयोग गरेर सजिलैसँग पोस्टर आदि सिर्जना गर्न सक्नेछन्। गुगलले अब इमेजेन ४ लाई जेमिनी, भर्टेक्स एआई, ह्विस्क र वर्कस्पेस टुसँग इन्टिग्रेसन गर्न गइरहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS