IME Life New

एसईईमा ४ जीपीए ल्याउने गोमालाई भाटभटेनीको साथ, एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इँट्टाभट्टामा काम गर्दै पढाइ गरेकी गोमा श्रेष्ठले यसपालिको एसईईमा ४ जीपीए ल्याएकी छन्। उनको संघर्षको कथाको अहिले सर्वत्र चर्चा चलिरहेको छ।

कठोर परिश्रम गर्दै एसईईमा अब्बल नतिजा ल्याउन सफल रामेछापको खनियाँपानीकी गोमालाई भाटभटेनी सुपर मार्केटले उच्च सम्मान गरेको छ। भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङले आज कार्यालयमा बोलाएर गोमालाई सम्मान गर्नुका साथै एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च व्यहार्ने वचन दिएका छन्।

Esewa
Crest

यसका साथै गुरुङ दम्पतीले गोमालाई नगद १ लाख रुपैयाँका साथै ल्यापटप र सम्मानपत्र पनि प्रदान गरेको छ। ‘भाटभटेनीमा हामी सपना देख्न सक्ने युवाको साथ दिन विश्वास र्छौं’, गुरुङले भने, ‘गोमाको यो यात्रा अब सुरु भएको मात्र हो र हामी गर्वका साथ साथमा हुनेछौँ।’

गोमा भक्तापुरको चाँगुनारायण नगरपालिकाको सुडास्थित इँट्टाभट्टामा काम गर्दै पढ्दै आएकी छन्। उनले सुडालमै रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट २०८१ सालको एसईईमा सहभागी भएकी थिइन्।

गोमाको सानैदेखि डाक्टर बन्ने सफल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS