काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । यससँगै आज छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७५ हजार २ सय रुपैयाँमामा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।