IME Life New

बिश्वब्यापी ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ग्लोबल होण्डा ब्रान्डको रुपमा भित्रयाई बिक्री बितरण सुरु गरेको छ । होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र बिश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुईन ईन्जिन आयल सुबिधा पुर्‍याउनु हो ।

प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ।

Esewa
Crest

स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ।

प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।

यस नयाँ र गुणस्तरीय उत्पादनको लन्च संगै होण्डाले नेपालका सवारी साधन धनीहरुलाई उत्कृष्ट आयलको अनुभब प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको छ । “प्रो होण्डा आयल” ले नेपाली बजारमा सवारी साधनको ईन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको बिश्वास जित्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS