काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को फागुनसम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले साढे ८२ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार चार लघु निर्जीवन बीमा कम्पनीहरुले ३ लाख ५ हजार ९३१ वटा बमिा पोलिसी बिक्री गरी कुल ८२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस फागुन महिनासम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले ७७ हजार ९२१ वटा बीमा पोलिसी बिक्री गरी कुल २१ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८७ हजार ५१७ वटा बीमा पोलिसी बिक्री गरी २२ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले ८० हजार ४५० वटा बीमा पोलिसी बिक्री गरी १८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६० हजार ४३ वटा बीमा पोलिसी बिक्री गरी १९ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।












