काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आएपछि अहिले धेरैजसो मानिसले सोसल मिडियामा थुप्रै फर्जी आईडी तयारी गरेका छन्। यो अवस्थामा धेरैजसो मानिसलाई असली र नक्कली अकाउन्ट पहिचान गर्न मुश्किल भइरहेको छ। यस समस्याको समाधान गर्न फेसबुकले एउटा ठूलो फैसला लिएको छ।
फेसबुकले अब ‘फेसबुक भेरिफाइड’ ट्याग ल्याएको छ। एआईको बढ्दो प्रयोगबीच फर्जी फोटो, म्यासेज, कन्टेन्टलगायत बनाउन निकै सजिलो भएको कम्पनीले जनाएको छ। यो अवस्थामा फेसबुक भेरिफाइडको मद्दतले असली र नक्कली प्रोफाइल पहिचान गर्न सजिलो हुने कम्पनीले जनाएको छ।
फ्री भेरिफिकेसन सिस्टम के हो ?
फेसबुकको यो फिचर वास्तावमा एउटा फ्री भेरिफिकेसन सिस्टम हो। यो फिचरमार्फत प्रयोगकर्ताले आफ्ना भिडियो सेल्फी रेकर्ड गर्नुपर्नेछ। त्यसपछि फेसबुकको त्यो भिडियोलाई प्रयोगकर्ताले माजुदा प्रोफाइल फोटोसँग मिलाएर आइडेन्टीलाई कन्फर्म गर्नुपर्नेछ।
भेरिफिकेसन प्रोसेस कम्प्लिट भएपछि प्राप्त हुनेछ ट्याग
यो प्रोसेसमा केही मिनेट लाग्नेछ। भेरिफिकेसन सफल भएपछि प्रयोगकर्ताले भेरिफाइड ट्याग वा टिक मार्क पाउनेछन्। यो प्रयोगकर्ताको प्रोफाइलमा पनि देखिनेछ।
थुप्रै ठाउँमा देखिनेछ भेरिफाइड ट्याग
फेसबुकले यो भेरिफाइड टिक मार्क थुप्रै ठाउँमा देखिने जनाएको छ। यसमा फेसबुक डेटिङ, मार्केटप्लेस, ग्रुप र प्रोफाइल टु स्टार्टजसता नाम समावेश छन्। यो फिचर हाललाई १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताका लागि उपलब्ध छ। कम्पनीले यसको रोलआउट फेजवाइज तरिकाले गर्दैछ।












