IME Life New

स्वास्थ्य बीमामा सहजताः ३ महिना पर्खिनु नपर्ने, पायक परेकै स्थानमा सेवा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आमनागरिकको हितमा ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले स्वास्थ बीमामा सहज व्यवस्था ल्याएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा नियमावलीमा संशोधन प्रस्ताव बुधबार बसेको मन्त्रिपरिषद् स्वीकृत गरेको छ। योसँगै सर्वसाधारणका लागि स्वास्थ्य बीमा सेवा थप सहज हुने भएको हो।

Esewa
Crest

अब स्वास्थ्य बीमामा आबद्ध भएका बीमितले एक महिनाभित्रै बीमितले सेवा लिन सक्ने भएका हुन्। यसअघि ३ महिनापछि मात्र सेवा लिन पाउने प्रावधान थियो।

यसैगरी संशोधित नियमावलीले स्वास्थ्य बीमा गर्दा तोकिएको नजिक अस्पतालमा सेवा लिन बीमितहरु पुग्नुपर्ने वा अन्यत्र अस्पतालमा जाँदा रिफर लिनुपर्ने बाध्यता अन्त्य हुने गरेको छ। अब बीमितले आफू बसेकै स्थानमा प्रथम सेवा विन्दु कायम गरेर सेवा लिन सक्ने व्यवस्था संशोधित नियमावलीमार्फत गरिएको छ।

यिनै झन्झटिला व्यवस्थालाई हटाउन माग हुँदै आएको थियो। सोही मागलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले नियमावलीमा संशोधन गर्दै स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको थियो।

अब स्वास्थ्य बीमामा आमनागरिकको विश्वास बढ्ने र पहुँच पनि विस्तार हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS