IME Life New

डिशहोमको खुशीको बोनसः हरेक हप्ता १४ जना भाग्यशालीले ३६५ दिन सित्तैमा इन्टरनेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना खुशीको बोनस ३६५ दिन नै बोनस सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन् । जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन् ।

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् ।

Esewa
Crest

डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो ।विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा गरिनेछ । शुक्रबार नभएमा आइतवार साँझ ५ बजे गरिनेछ ।

जडान वा रिचार्ज गर्ने तरिकाः
नयाँ जडानका लागिः नजिकको डिशहोम डिलर वा ०१ ५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ । रिचार्जका लागि खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न सकिनेछ ।

उपलब्ध वार्षिक प्याकेजहरू
१०० एमबिपिएस प्रति वर्ष रू ८,५०० (भ्याट सहित) २०० एमबिपिएस प्रति वर्ष रू ११,५०० (भ्याट सहित) ३०० एमबिपिएस प्रति वर्ष रू १३,५५० (भ्याट सहित)

नयाँ जडान को लागी थप रु ११३० (भ्याट सहित) लाग्नेछ ।
डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ। ३६५
दिन बोनस योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS