IME Life New

ट्रष्ट माइक्रो इन्स्योरेन्सको ‘बीमा साक्षरता तथा सरोकारवाला’बीच छलफल कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडद्वारा आज सुर्खेतमा “बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम” सफलता साथ सम्पन्न गरिएको छ। सुरखेत जिल्लामा क्रियाशील बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य आर्थिक निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम बीमा क्षेत्रको विविध पक्षहरूमा केन्द्रित थियो ।

कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना, उप–प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठ र मार्केटिङ विभाग प्रमुख दिपक पोखरेलले स्वयं उपस्थित भई बीमाको अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायत बीमासम्बन्धी सम्पूर्ण पक्षहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिएका थिए ।

Esewa
Crest

कार्यक्रमको उद्देश्य बीमा साक्षरता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रका सरोकारवालाहरूसँग समन्वय र सहकार्यलाई प्रगाढ बनाउनु रहेको थियो। कार्यक्रममा सहभागी संस्थाहरूका प्रतिनिधिहरूले बीमासम्बन्धी आफ्नो अनुभव, जिज्ञासा र सुझावहरू राख्न पाएका थिए, जसले छलफललाई अझ उपयोगी र अन्तरक्रियात्मक बनाएको थियो ।

सुर्खेत शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सेवा विस्तार र वित्तीय समावेशीकरणमा अझ प्रभावकारी योगदान पु-याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS