IME Life New

खानेपानीको बक्यौता महसुल बुझाउने ग्राहकले जरिवानामा ९०% सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बक्यौता महसुल बुझाउने ग्राहकलाई जरिवानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ।

केयूकेएलले आज एउटा सूचना जारी गर्दै २०८३ कात्तिक मसान्तसम्मको बक्यौता महसुल तिर्न आउने ग्राहकको ग्राहक लगत (केवाईसी) अद्यावधिक गरी जरिवाना रकममा छुट दिने निर्णय गरेको हो। केयूकेएलले २०८३ मंसिर १ गतेदेखि २०८३ माघ मसान्तसम्म बक्यौता महसुल बुझाउने ग्राहकले जरिवाना रकममा ९० प्रतिशत छुट पाउनेछन्।

Esewa
Crest

त्यस्तै २०८३ फागुन १ गतेदेखि चैत मसान्तसम्म बक्यौता बुझाउने ग्राहकलाई जरिवानामा ६० प्रतिशत छुट दिइनेछ। यसैगरी २०८४ वैशाख १ गतेदेखि असार मसान्तसम्म बक्यौता बुझाउने ग्राहकले भने जरिवाना रकममा ४० प्रतिशत छुट पाउनेछन्।

केयूकेएल बोर्डबाट स्वीकृत भएको जरिवाना छुट सुविधामात्र लागू हुने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS