काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।
७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महाविपत्ती जगेडामा ५७ लाख ५९ हजार रहेको छ । रिडेन्ड अर्निङमा ४ करोड ५३ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३ करोड २३ लाख रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती जगेडामा ४५ लाख ८४ हजार रहेको छ । रिडेन्ड अर्निङमा ३ करोड ४८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३ करोड २३ लाख रहेको थियो ।
यस अवधिमा कम्पनीले २७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेको छ । अघिललो वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९२ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीले २० करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७६ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४० लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा भारी वृद्धि हो ।












