IME Life New

क्रेस्ट माइक्रो लाइफको शेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज क्रेस्ट माइक्रो लाइफको आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले क्रेस्ट माइक्रो लाइफको शेयर भोलिबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा क्रेस्ट माइक्रो लाइफको कुल ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत) र २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को रहेको छ।

क्रेस्ट माइक्रो लाइफलाई नेप्सेले ‘क्रेस्ट’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबार लागि कम्पनीलाई नेप्सेले प्रतिकित्ता न्यूनतम १००.८६ रुपैयाँदेखि अधिकतममा ३०२.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसको अर्थ भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रमा कारोबारमा आउनेछ।

कम्पनीले सर्वाधारणका लागि गत फागुन २२ गतेदेखि २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा चैत ५ गते भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS