IME Life New

पशुपन्छी बीमाको शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउन महालेखाको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले पशुपन्छी बीमाको शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउन सुझाव दिएको छ।

महालेखा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१।८२ को ६३ औँ प्रतिवेदनमा यस्तो सुझाव दिएको हो। पशुपन्छी बीमाको क्षेत्र र बीमाशुल्क बढ्दै जाँदा नेपाल सरकारको आर्थिक दायित्व बढ्दै जाने देखिएकाले महालेखाले यस्तो सुझाव दिएको हो।

Esewa
Crest

पशु सेवा विभागले बीमा प्रिमियम अनुदानबापत उक्त आर्थिक वर्षमा नेपाल बीमा प्राधिकरणलाई १ अर्ब ४३ करोड १० लाख रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ। ‘यो वर्ष पशुधन, माछा र पन्छीतर्फको बीमांक र वार्षिक बीमाशुल्क क्रमशः ३४ अर्ब ९१ करोड ६३ लाख ७३ हजार रुपैयाँ र १ अर्ब ५८ करोड ८३ लाख ९८ हजार रहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘बीमाशुल्कको अनुपात बीमांक रकमको ४.५५ प्रतिशत देखिन्छ।’

यसैगरी महालेखाले बाली तथा पशुधन बीमा प्रिमियम अनुदान र दाबी भुक्तानीमा पनि त्रुटि औँल्याएके छ। ‘बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०८१ बमोजिम एउटा बीमा कम्पनीले ७ हजार ७०८ बीमालेखबाट ४ अर्ब ७२ करोड ४३ लाख ५६ हजार रुपैयाँ बीमा दाबी गरेकोमा कृषि विभागले रुजु गर्दा १ अर्ब ८७ करोड ७८ लाख १ हजार बीमांक कायम गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘कायम भएको बीमांकका आधारमा १२ करोड ४८ लाख ७५ हजार रुपैयाँको ८० प्रतिवेदन हुन आउने ९ करोड ९९ लाख रुपैयाँ अनुदान दिनुपर्नेमा ८७ लाख ९० हजार रुपैयाँ मात्र दाबी भुक्तानी गरेको छ। त्यसैले बीमा प्रिमियम रकमसम्बन्धी कागजात समयमै रुजु गरी दाबी भुक्तानी दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS