IME Life New

सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मान गरिएको छ। यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले यस अवार्ड जित्न सफल भएको हो।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो । आज आयोजित भव्य समारोहका बीच सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो।

Esewa
Crest

सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS