IME Life New

व्यापार बढे पनि निरन्तर घाटामा चलिरहेको छ चाैधरी ग्रुपको सीजी ब्रुअरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाैधरी समूह(सिजी कर्प ग्लोबल) ले सञ्चालन गरिरहेको सीजी ब्रुअरी चर्को मूल्य प्रतिस्पर्धाका कारण घाटामा चलिरहेको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंक ऋण प्रयोजनका लागि गरेको वित्तीय सक्षमता मूल्याङ्कनका क्रममा कम्पनी घाटामा रहेको देखिएको हो। इक्रा नेपालका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा अन्तःशुल्क लगायतको करको भार उपभोक्तामा सार्न नपाउँदा सञ्चालन नोक्सानीमा देखिएको हो।

Esewa
Crest

रेटिङ एजेन्सीका अनुसार, बजार माग खुम्चिएको र बजार प्रतिस्पर्धा बढेका कारण मूल्य वृद्धि गर्न नसकेको हो।

व्यापार वृद्धिका लागि व्यापारिक छुट, नगद छुट लगायतका प्रवर्द्धनात्मक योजना लागू गरेपनि अघिल्लो आवमा यसको आम्दानी ११ प्रतिशतले खुम्चिएको थियो।

घाटा बढेसँगै यसको ऋण वहन अनुपात(डेब्ट कभरेज रेसियो) पनि कमजोर हुँदै गएको छ। ऋण तिर्ने क्षमता नभएपछि यसको प्रवर्द्धकहरूले अतिरिक्त लगानी गर्नुपरेको थियो।  ओ ई

तीब्र बजार प्रतिस्पर्धाका बीच गत आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्ममा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले व्यापार वृद्धि भएको छ। बढ्दो व्यापारले नाै महिने अवधिमा नाफा मार्जिनमा केही वृद्धि भएपनि यसको निरन्तरता हेर्न बाँकी रहेको इक्रा नेपालले टिप्पणी गरेको छ।

११ ब्राण्ड, २ वटामा व्यापार निर्भरः

सीजी ब्रुअरीले विभिन्न  ११ ब्राण्डमा बियर उत्पादन गरिरहेको भएपनि यसको व्यापारको ७४ प्रतिशत हिस्सा दुइवटा ब्राण्डमा निर्भर रहेको छ। इक्राका अनुसार, ब्रुअरीले अघिल्लो आवमा नेपाल आइस र मुस्ताङ प्रिमियम ब्राण्डको बिक्रीबाट १ अर्ब ९७ करोड रूपैयाँ आम्दानी गरेको छ। यी दुबै ब्राण्डको बियर हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलियामा समेत निर्यात भइरहेको छ।

केहि वर्षयता लगातार यसको व्यापार खुम्चिंदै गएकोमा गत आवमा केही सुधारोन्मुख देखिएको छ। कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँमा सीमित हुन पुगेको थियो । आव २०७९।८० यसले कुल ३ अर्ब ५ करोड १० लाख, २०७८।७९ मा ४ अर्ब ५४ करोड १० लाख र २०७७।७८ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएकोमा इक्रा नेपालबाट ‘ईक्रा एनपी ए फोर प्लस’ रेटिङ पाएको छ। यो रेटिङले कम्पनीले छोटो अवधिको वित्तीय दायीत्व पुरा गर्ने क्षमता रहेको संकेत गर्दछ।

सीजी फुड्स प्रालिको सर्वाधिक ३८ प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीको निर्वाण चाैधरी यसको सञ्चालक समिति अध्यक्ष हुन् । यो कम्पनीमा चाैधरी समूह अन्तर्गतको तीनवटा भगिनी संस्था र तीनजना प्रवर्द्धकको लगानी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS