IME Life New

शृंखलाबद्ध विमान दुर्घटना भोगेको नेपालमा हवाई पूर्वाधारका लागि क्यानले रु. १२ अर्ब खर्चिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल नागरिक उड्डययन प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ का लागि ३१ अर्ब ४० करोड ७६ लाख रुपैयाँबराबरको कार्यक्रम र बजेट स्वीकृत गरेको छ।

नागरिक उड्ययनको सुदृढीकरण र उड्डययन पूर्वाधार विकास र पुराना विमानस्थल पूर्ण क्षमतामा सञ्चालनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको प्राधिकरण नेतृत्वको दाबी छ। प्राधिकरणले १५ अर्ब ९८ लाख आन्तरिक आय, शेयर तथा ऋण अनुदानबाट ५ अर्ब ६० करोड १२ लाख, नेपाल सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड ९० लाख, मूल्य अभिवृद्धि कर प्राप्तीबाट १ अर्ब ९५ करोड ६४ लाख, पेश्की मौज्दातको २ अर्ब ५ करोड ७१ लाख र बैँक मौज्दात ४ अर्ब ९१ करोड ४० लाख रुपैयाँसहित ३१ अर्ब ४० करोड ७६ लाख रुपैयाँ अनुमानित आम्दानी निर्धारण गरेको छ।

Esewa
Crest

यसबाहेक प्राधिकरणले वित्तीय व्यवस्थापनतर्फ ४१ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कुल बजेटमध्ये पुँजीगत खर्च ३९ प्रतिशत अर्थात १२ अर्ब ३९ करोड ७० लाख रुपैयाँ र कार्य सञ्चालनतर्फ २० प्रतिशत अर्थात ६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेको छ।

धिकरणले विमानस्थल पूर्वाधार निर्माण योजनाहरुका लागि ११ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ र पुरानो दायीत्व भुक्तानीका लागि ६७ करोड ३५ लाख रुपैयाँको विनियोजन गरेको छ।

गत वर्ष सौर्य एयरलाइन्सको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो। त्यस्तै नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा चिनियाँ नागरिकसहित पाँचजनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS