काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी मगा गरेको हो । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















