IME Life New

भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गरेकी हुन् ।

कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई पोषण झोला वितरण गरिने भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिइन् ।

Crest

‘सुत्केरी पोषण झोला’ कार्यविधि पुस २४ गतेदेखि लागू भएकाले सो मितिदेखि गर्भवती भएका सुत्केरी आमालाई पोषण झोला वितरण गरिने छ । पोषण झोलामा घ्यू, चना, केराउ, अण्डा, आयोडीनयुक्त नुन, दुधबर्दक चुर्ण र मालिस तेल रहेका छन् ।

पोषण कार्यक्रमले महानगरद्धारा सञ्चालित बर्थिङ सेन्टर र सरकारी स्वास्थ्य अस्पतालमा बच्चा जन्माउने क्रम बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आमा र बच्चाको पोषणका लागि यो कार्यक्रम संञ्चालन गरिएको बताइन् ।

गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउने महानगरको योजनाअनुसार हाल ४२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिइन् ।
विपन्न परिवारलाई पोषणको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गरिन् ।

महानगरद्धारा सञ्चालित ५ वटा बर्थिङ सन्टरबाट भिडियो एक्सरेसहितको सेवा दिन महानगर अघि बढेको उनले बताइन् । यी बर्थिङ सेन्टरबाट वार्षिक २ सय जना आमाले बच्चा जन्माउने गरेका छन् ।

सो अवसरमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासी जनताले कुनै पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनी यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS