IME Life New

एशियन लाइफको लगानी विविधिकरणले राम्रो प्रतिफल दिने सिइओ श्रेष्ठको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानी विविधिकरणका लागि विभिन्न कम्पनीमा गरेको लगानी राम्रो रहेको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले दाबी गरेका छन्।

असार ३० गते सिमरामा सम्पन्न कम्पनीको १७ औँ वार्षिक साधारण सभामा सहभागि शेयरधनीले कम्पनीले जोखिमयुक्त क्षेत्रमा गरेको लगानी सम्बन्धमा राखेको जिज्ञासामा प्रमुख कार्यकारी श्रेष्ठले भने, लगानी गरिएका कम्पनीहरूको हालको अवस्था राम्रो छ।

Esewa
Crest

श्रेष्ठले होटल, एयरलाइन्स, हाइड्रो पावर कम्पनीहरूको आगामी दिनमा सार्वजनिक निष्काशन हुने र निष्काशन पश्चात कम्पनीको आर्थिक अवस्था मजबुत भएर भविष्यमा आर्थिक गतिविधि समेत वृद्धि भएर गती लिने दाबी गर्दै भने, आगामी दिनमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास छ।

इन्स्योरेन्स कम्पनीले लगानी गरेकोमध्ये एउटा हाइड्रोपावरको सार्वजनिक निष्काशन प्रकृया शुरू भइसकेको र  चाँडै नै अर्को एक हाइड्रोपावरको सार्वजनिक निष्काशन पनि हुने साधारण सभालाई जानकारी गराए।

सहायक र सम्बद्ध कम्पनीमा कति छ लगानीः

कम्पनीको आव २०८०।८१ को वार्षिक प्रतिवेदनका अनुसार, सूचीकृत हुन बाँकी सम्बद्ध कम्पनीहरू एशियन क्यापिटल लिमिटेड, माउण्टेन ग्लोरी लिमिटेड र अर्किड होल्डिङ्गस लिमिटेडमा क्रमशः ७ करोड ६५ लाख, ५३ करोड ८८ लाख २५ हजार र ७० करोड ३२ लाख ४० हजार रूपैयाँ लगानी गरिएको छ।

माउण्टेन ग्लोरीमा ३९.०९ प्रतिशत र अर्किड होल्डिङ्गसमा ४३.१९ प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको छ। वार्षिक प्रतिवेदन अनुसार, माउण्टेन ग्लोरीको कुल ६ करोड ८७ लाख ६५ हजार रूपैयाँ नोक्सानीमध्ये २ करोड ६८ लाख ८० हजार र अर्किड होल्डिङ्गसको कुल १३ करोड ६ लाख रूपैयाँ नोक्सानीमध्ये ५ करोड ६४ लाख ८ हजार रूपैयाँ एशियन लाईफले व्यहोर्नुपर्ने देखिएको छ।

यसैगरी यती एयरलाइन्स लिमिटेडमा १ अर्ब ५६ करोड १ लाख ५० हजार ३७६ रूपैयाँ लगानी गरेकोमा यो कम्पनीको नाफामा ७ करोड ७९ लाख ३८ हजार रूपैयाँ हिस्सेदारी पाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS