IME Life New

जेठसम्म लघु जीवन बीमकको व्यापार रु. १ अर्ब माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमकले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म १ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले जेठसम्म १६ लाख ६२ हजार ३२६ वटा बीमालेख बिक्री गरेर १ अर्ब ९ करोड ८२ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

यो ११ महिनामा सर्वाधिक व्यापार भित्र्याउनेमा गार्डिन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ११ लाख २० हजार ६८२ वटा बीमालेख बिक्री गरेर ४१ कराड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा क्रेस्ट माइक्रो लाइफले ३ लाख ९४ हजार ४०१ वटा बीमालेख बिक्री गरेर ३९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

जेठसम्म लिबर्टी माइक्रो लाइफले १ लाख ४७ हजार २४० वटा बीमालेख बिक्री गरेर २८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS