IME Life New

घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? अब नबिल बैंकले साकार पार्नेछ तपाइँको सपना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँ जागिरे हुनुहुन्छ वा आफ्नै खुद्रा व्यवसाय चलाउनुहुन्छ। आम्दानी पनि ठीकै छ। अब घर किन्ने वा बनाउने सोचमा हुनुहुन्छ। तर, पर्याप्त पैसा छैन। कसरी पैसा जुटाउने ? भन्ने चिन्तामा हुनुहुन्छ भने अब नबिल बैंकले तपाइँको घर किन्ने वा बनाउने सपना साकार बनाउनेछ।

हो, नबिल बैंकले बैंकिङ क्षेत्रमै सबैभन्दा सस्तो स्थिर ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत पहिलोपटक घर किन्ने ग्राहकलाई नबिलले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गरेको छ। यो कर्जा सुविधा २ करोड रुपैयाँसम्मको रहेको छ।

Esewa
Crest

यदि तपाइँ घर निर्माण योजनामा हुनुहुन्छ भने नबिलले निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। यो सुविधाले घर निर्माणमा लाग्ने सम्पूर्ण खर्चको तनावबाट ग्राहकलाई मुक्त गराउने विश्वास बैंकको रहेको छ।

बिलको यस योजनाअन्तर्गत ग्राहकले घर निर्माण गर्दा र निर्माण भइसकेको घर किन्दा कर्जा उपलब्ध गराउँछ। ग्राहकले किन्न लागेको घर नै धितो राखेर बैंकबाट कर्जा सुविधा लिन सक्नेछन्।

नबिलले यो कर्जा ३० वर्षको अवधिसम्मका लागि प्रदान गर्छ। ग्राहकले नबिल ढुक्क घर कर्जा ७ वर्षसम्म स्थिर ब्याजदर ७.९९ प्रतिशतमा पाउनेछन्। यो ब्याजदर बैंकिङ क्षेत्रमै सबैभन्दा सस्तो रहेको नबिल बैंकको दाबी छ।

बैंकका अनुसार ७ वर्षपछि त्यतिबेला कायम हुने आधारदरमा प्रिमियम २.५ प्रतिशत जोडेर हुन आउने कर्जाको ब्याजदर नै बाँकी समयावधिका लागि स्थिर ब्याजदर हुनेछ।

बैंकले यो अफर नयाँ वर्ष २०८२ का अवसरमा ल्याएको हो। यो अफर असार मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। नबिल बैंकका देशैभरि रहेका सबै शाखा कार्यालयबाट यो कर्जा सुविधा उपभोग गर्न सकिनेछ।

बैंकले यस योजनाअन्तर्गत पहिलो वर्षका लागि २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड पनि निःशुल्क उपलब्ध गराउँछ। ग्राहकको सबै मापदण्ड र प्रक्रिया पूरा भएको अवस्थामा छिट्टै कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

मापदण्ड र सर्त

  • बैंकले यस योजनाअन्तर्गत कर्जा लिने ग्राहक जागिरे भएको अवस्थामा स्थायी नियुक्ति हुनुपर्ने मापदण्ड तोकेको छ।
  • कम्तीमा २ वर्ष आफ्नै व्यापार–व्यवसाय गरिरहेका ग्राहकले पनि यो कर्जा सुविधा उपभोग गर्न योग्य मानिनेछन्।
  • कम्तीमा ८ फिटको मोटरेबल बाटो भएको क्षेत्रमा बैंकले कर्जा उपलब्ध गराउनेछ।
  • गुठी वा मोहियानी हक तथा विद्युतको हाइटेन्सन लाइनबाट टाढा रहेका जग्गामात्रै यो कर्जाका लागि योग्य मानिने मापदण्ड बैंकले तोकेको छ।
  • तेस्रो पक्ष धितोलाई यस कर्जा सुविधामा योग्य मानिने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS