IME Life New

आयो बिना इन्टरनेट चल्ने एप, ह्वाट्सएपमा जस्तै फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल ‘एक्स’का सहसंस्थापक ज्याक डोर्सीले नयाँ म्यासेजिङ एप लन्च गरेका छन्। यो एपले बिनाइन्टरनेट काम गर्छ।

यो एपको नाम बिटच्याट हो। यसमार्फत प्रयोगकर्ताले आफ्ना साथी, सहकर्मी र परिवारजनसँग कनेक्ट गर्न सक्छन्। यो ह्वाट्सएपसँग मिल्दोजुल्दो छ। तर, यसले बिनाइन्टरनेट पनि काम गर्छ।

Esewa
Crest

अब यो एपले ह्वाट्सएपलाई टक्कर दिने सम्भावना छ। ह्वाट्सएप विश्वभर लोकप्रिय छ।

बिटच्याट हाल आइफोनमा मात्रै चल्नेछ। यो अहिले परीक्षणको चरणमा रहेको छ। यद्यपि, एन्ड्रोइड फोनमा कहिले यो एप जारी हुने भन्ने विषयमा कुनै जानकारी छैन।

बिटच्याटले ब्लुटुथ लो इनर्जी (बीएलई) मेस नेटवर्कको प्रयोग गर्छ। जसको मद्दतले स्मार्टफोन लोकलाइज्ड कलस्टरको मद्दतले इनक्रिप्टेड फर्ममा म्यासेजको एउटा डिभाइसबाट अर्को डिभाइससम्म पुग्न सक्छ।

बिटच्याट अहिले बिटा संस्करणमा उपलब्ध छ। लन्चिङका क्रममा करिब १० हजार प्रयोगकर्ताले यसमा रजिस्टर्ड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS