IME Life New

नेपालमै उत्पादनपछि कजरिया टायल्सले ६ महिनामै गर्यो रू ४७ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय संयुक्त लगानीको टायल्स उत्पादक कजरिया रमेश टायल्स लिमिटेडले ६ महिनाको अवधिमा ४७ करोड ९० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार चालू आर्थिक वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमा यो कम्पनीले यति ठूलो कारोबार गर्न सफल भएको हो।

इक्रा नेपालका अनुसार सन् २०२५ को मार्च ३१ अर्थात २०८१ चैत्र १८ गतेसम्मको अवधिमा यसले चालू आर्थिक वर्षमा टायल्सको बिक्रीबाटै ९४ करोड ८० लाख रूपैयाँ बराबरको कारोबार गरि सकेको छ।

Esewa
Crest

पहिलो अर्द्ध वार्षिक अवधिमा यसको नाफा अन्तर १८.७ प्रतिशत कायम रहेको छ। इक्रा नेपालका अनुसार, यद्दपी बिक्री बढाउँदै नाफा अन्तरलाई वृद्धि गर्न सक्ने क्षमता हेर्न अझै बाँकी छ।

सरकारले टायल्सको आयातमा आयात तथा भन्सार महशुल दर ३० बाट ४० प्रतिशत पुर्याएपछि नेपालमै भारतका ठूला ब्राण्डले टायल्स उत्पादन शुरू गर्न बाध्य भएका हुन्। टायल्सको कच्चा पदार्थमा जम्मा ५ प्रतिशत भन्सार महशुल निर्धारण गरिएको छ। नीतिगत संरक्षणका कारण उपयुक्त व्यापारको वातावरण बनेको उल्लेख गर्दै इक्रा नेपालले सरकारी नीतिगत परिवर्तनको जोखिम विद्यमान रहेको औंल्याएको छ।

वीरगन्जमा तीन वर्ष अघि पहिलो पटक पूर्ण स्वदेशी लगानीमा नेपोभिट टायल्सको उत्पादन शुरू भएको थियो। अहिले टायल्स उत्पादनमा पाँच भन्दा बढी उद्योग सञ्चालनमा आइसकेका छन् ।

भारतको विश्व प्रसिद्ध टायल्स ब्राण्ड कजरियाले नेपाली व्यापारी गृह रमेश कर्पसँगको संयुक्त उपक्रमबाट नवलपरासीको बर्दघाटमा टायल्स उद्योगको स्थापना गरेको हो। यो उद्योगमा कजरिया टायल्स लिमिटेड भारतको ५० प्रतिशत र बाँकी नेपालीको लगानी छ। स्वदेशी लगानीमै टायल्स उद्योग सञ्चालनमा आउन थालेपछि उच्च भन्सार दरका कारण प्रतिस्पर्धा गर्न असमर्थ हुने भयले भारतीय लगानीकर्ता नेपाल प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS