IME Life New

गम्भीर लापरवाहीका कारण एक वर्ष अघि साैर्य एयरको विमान दुर्घटना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साैर्य एयरलाइन्सको काठमाडाैं त्रिभूवन विमानस्थलमा भएको विमान दुर्घटनाका पछाडी वायू सेवा प्रदायक र नियामकको लापरवाही प्रमुख कारण भएको प्रतिवेदन सार्वजनिक भएको छ।

साैर्य एयरलाइन्सले नागरिक उड्ययन प्राधिकरणको स्वीकृतिमा पुनः उडान सेवा शुभारम्भको मिति घोषणा गरेका बेला नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयले रतिश चन्द्र लालको नेतृत्वमा गठन गरेको कार्य दलले तयार पारेको अन्तिम प्रतिवेदनमा मानवीय लापरवाहीलाई विमान दुर्घटनाको कारण औँल्याइएको छ।

Esewa
Crest

धावनमार्ग छोडे लगत्तै अधिक छोटो समयमा जहाजको अघिल्लो भाग उत्तानो पर्दा (डीप स्टल) जहाज असन्तुलित भएर दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

प्रतिवेदनमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण गलत स्पीडकार्डको आधारमा गणना गरिएको गलत गति, उडान भर्ने क्रममा उच्च पिच दरका धेरै विगतका घटनाहरू पहिचान गर्न, सम्बोधन गर्न असफलता र वायू सेवा प्रदायकको गम्भीर लापरवाहीलाइ औँल्याइएको छ।

Shaurya Airlines 9N-AME AIC Final Report

दुर्घटनामा योगदान पुर्‍याउने कारकहरू हुन्:
१. गलत स्पीडकार्डको आधारमा गलत गति गणना गरिनु। कुल १८,५०० किलोग्राम टेक अफ वेट अर्थात उडान भर्ने समयको ताैलको लागि अपरेटरको इन्टरपोलेटेड स्पीडकार्डले टेक-अफको लागि गलत भी गति उल्लेख गरिनु। स्पीडकार्डमा यो त्रुटि पहिले नै देखा परेपनि वायू सेवा प्रदायकबाट नै बेवास्ता गरिएको थियो।  स्पीडकार्ड पुस्तिकाको कुनै स्वीकृति, अनुमोदन भएको थिएन।
२. साैर्य एयरलाइन्सद्वारा उडान(टेक-अफ) को समयमा उच्च पिच दरका धेरै अघिल्ला घटनाहरू पहिचान गर्न र सम्बोधन गर्न असफल हुनु।
३. अपरेटरले मर्मत प्रयोजका लागि उडान योजना( फेरी), तयारी र कार्यान्वयनको प्रचलित अभ्यासहरूको पालनामा घोर लापरवाही देखायो। मर्मतका लागि विमान उडाउँदा उडानहरूको सुसंगत परिभाषाको अभाव देखिएको छ।
४. कार्गो र सामान ह्यान्डलिङ (तौल, लोडिङ, वितरण र लचिङ) को सम्पूर्ण प्रकृयामा वायू सेवा प्रदायकद्वारा घोर लापरवाही गरिएको ।र गैर-अनुपालन, जबकि सञ्चालन निर्देशिका र ग्राउन्ड ह्यान्डलिङ निर्देशिकाको प्रावधानहरूको उल्लङ्घन गरिएको छ। यसबाहेक उडान तयारी हतार गरिएको कारण जहाजमा राखिएका मालसामानलाई डोरी, अंकुश वा जालोले पर्याप्त रूपमा सुरक्षित गरिएको थिएन।

मन्त्रालयले  नागरिक उड्ययन प्राधिकरणका पूर्व महाप्रबन्धक लालको नेतृत्वमा दीपुराज ज्वार्चन, संजय अधिकारी, सुदीप भट्टराई र मुकेश डंगोल समिमित जाँचबुझ आयोग गठन गरेको थियो। यो आयोगले दुर्घटना सम्बन्धमा १ वर्ष लामो अध्ययन पछि प्रतिवेदन तयार पारेको हो।

२०८१ साउन ९ गते सिआरजे२०० मोडलको विमानले उडान भरेको केही मिनेटमै विमानस्थल परिसरमै विमान खस्दा चालक दल सहित १८ जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेका आफन्तजनले वायू सेवा सञ्चालकबाट क्षतिपूर्ति प्राप्त गर्नका लागि अझैसम्म पनि अदालतको ढोका ढकढक्याइ रहनुपरेको छ। क्षतिपूर्ती पाउन सकेका छैनन् ।

दुर्घटनामा तीन सन्तान गुमाएका प्रकाश खतिवडाले शुक्रबार वक्तव्य जारी गर्दै जाँचबुझ आयोगले दुर्घटनाको लापरवाहीमा संलग्नविरूद्ध कारवाही र पीडित परिवारलाइ क्षतिपूर्तीका विषयमा सिफारिश नगरेकोमा दुःख व्यक्त गरेका छन् । उनले उडानका क्रममा सौर्य एयरलाइन्सको गम्भीर  लापरवाही, पाइलटको अक्षम्य गल्ती र नियामक निकायको गम्भीर त्रुटिकै कारण १८ जना निर्दोष नागरिकले ज्यान गुमाएका हुन्। आयोगले यसलाई सत्यतामा पूर्णरूपमा उजागर गर्न सकेन।’ उनले अर्को जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। जहाज दुर्घटनामा खतिवडाले छोरी, ज्वाइँ र नाति गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS