IME Life New

पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ता भुम्मिए, एकै दिन एक अर्ब ११ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन बिहिवार नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्बभन्दा बढि शेयर कारोबार भयो । साताभरि नै नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

लगातार सकारात्मक सर्किट लाग्ने क्रममा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबारमा बिहिवार दिनभरि नै घटबढ हुँदै कारोबार हुँदा एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

Esewa
Crest

नेप्सेमा एकै एउटै कम्पनीको सर्वसाधारण समुहको शेयर एक अर्बमाथि खरिद बिक्री भएको यो पहिलो पटक हो । नेप्सेमा यतिबेला दैनिक नयाँ नयाँ रेडर्क राख्ने क्रम जारी छ ।

१० अर्ब चुक्ता पुँजि, पाँच अर्बभन्दा बढि कोषमा जम्मा गरेको कम्पनीले बार्षिक एक अर्बभन्दा बढि मुनाफा आर्जन गर्ने गर्दछ । ठूलो लगानीको कम्पनी भएको हुनाले लगानीकर्ताहरु आकर्षित हुने क्रम जारी छ । नेप्सेमा कारोबार बन्द हुनुअघि नेपाल पुनर्बीमा शेयर १७३५ रुपैयाँमा कारोबार भएको छ । सो आधारमा नेपाल पुनर्बीमा कम्पनीको कूल बजार पुँजिकरण एक खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

बिहिवार नेपाल टेलिकमको ४२ करोड १८ लाख ३८ हजार ८९९ रुपैयाँको कारोबार भएको छ भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० करोड तीन लाख ३८ हजार ३०० रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २६ करोड सात लाख ११ हजार २७९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिभम् सिमेन्टको २३ करोड ८२ लाख ८२ हजार ११० रुपैयाँको कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको शेयर निरन्तर बृद्धि हुँदा जाँदा विभिन्न कोणबाट आलोचना तथा सो कम्पनीका विषयमा अफवाह फैलाउने खालका विषयवस्तुहरु सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट प्रचार प्रसार गरी शेयर मूल्य प्रभावित पार्ने प्रयासहरु समेत भएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरधनीमा नेपाल सरकार तथा सरकार सम्बद्ध कम्पनीहरु तथा नेपालकै बीमा कम्पनीहरुको लगानी भएको नेपालको एक मात्र अन्तर्राष्ट्रय बीमा व्यवसाय गर्ने संस्था हो । सो कम्पनीमा २० प्रतिशत शेयर सर्वसाधारणको छ । कूल १० करोड कित्ता शेयर मध्ये आठ करोड कित्ता संस्थापक शेयर छ भने दुई करोड कित्ता शेयर सर्वसाधारणको नाममा छ ।

कम्पनीले पुँजि बृद्धि गर्ने तथा हकप्रद शेयर जारी गर्ने भन्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन । साथै हाल नेपालको कानुन, ऐन अनुसार नेपाल पुनर्बीमा कम्पनीले पुँजि बृद्धि तथा हकप्रद शेयर जारी गर्न सक्दैन । पुँजि बृद्धि नभए पनि कम्पनीको पुँजिकोष तथा छोटो अवधीमा नै कम्पनीले बीमा कोषमा ठूलो रकम जम्मा गरेकोले लगानीकर्ताहरुको आकर्षण नेपाल पुनर्बीमा कम्पनीको शेयरमा बढिरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS