काठमाडौं । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्नेको सूचिमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । नेपाल पुनर्बीमा कम्पनी ठूला बीमा व्यवसाय मध्येबाट सबैभन्दा धेरै कर तिर्नेको सूचिमा परेको छ ।
आन्तरिक राजश्व कार्यालय करदाताको पहिलो नम्वरको सूचिमा सूर्य नेपाल परेको छ भने बैंकहरुको तर्फबाट नबिल बैंक पहिलो नम्वरमा रहेको छ । त्यसैगरी, निर्यात गर्ने उद्योग मध्येमा डाबर नेपाल, कृषि कम्पनीहरुको तर्फबाट अन्नपूर्ण एग्रो इन्डस्ट्रिज तथा लघुवित्त कम्पनीहरुको तर्फबाट छिमेक लघुवित्त कम्पनी पहिलो भई आन्तरिक राजश्व कार्यालयले सम्मानित गर्ने भएको छ ।
उता, गत वर्षको सबैभन्दा बढि कर तिर्नेहरुमा व्यक्तिगततर्फबाट बिजय कुमार शाह परेका छन् । जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । रुस्लान भोड्का लगायतका दर्जनौं चर्चित ब्राण्डका मदिराहरु नेपाल तथा विदेशमा समेत बिक्री हुने गर्दछ ।
आन्तरिक राजश्व कार्यालय करदाताको पहिलो नम्वरको सूचिमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा आईएमई, कामना सेवा विकास बैंक, अग्नि इन्कर्पोरेट, भिएफ सर्भिस (मौरिसस) र घोराही सिमेन्टलाई समेत समावेश गरेको छ ।
हेरौं सूचि