IME Life New

नेपाल लाइफ इन्स्योरेन्सले फेरि १०% एफपिओ जारि गर्ला त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारणसभा चैत्र २८ गते डाकेको छ। चैत्र १ गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति र छलफलका विषयहरु टुङ्ग्याएको हो।
साधारणसभाले गत आर्थिक बर्षको वित्तीय विवरण पारित गर्ने छ भने ४२ प्रतिशत बोनस शेयर र २८.५३ प्रतिशत कर प्रयोजन सहित नगद लाभांस दिने प्रस्ताव पनि पारित गर्ने छ।
कम्पनीले सधारणसभामा अधिकृत पूँजी बृद्धि गरि ८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव लैजान लागेको छ। साथै कम्पनीको हालको पूँजी संचरचना सर्वसधारणतर्फ ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशतलाई शंसोधन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको ४० प्रतिशत र संस्थापकको ६० प्रतिशत पुर्याउने विशेष प्रस्ताव छलफलको लागि साधारणसभामा पेश गर्ने भएको छ।
साधारणसभाले संचालनक समितिबाट संस्थापक एवं सर्वसधारण शेयर समुह अन्तर्गत रिक्त संचलक पदहरुको बाँकी कार्यकालको लागि गरिएको नियुक्ती अनुमोदन गर्ने भएको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १४ देखि २८ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ।
कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। कम्पनीले अहिलेको पूँजी संरचना परिवर्तन गर्दै गर्दा संस्थापक तर्फको १० प्रतिशत शेयर थप प्रिमियममा शेयर बिक्री गर्नु पर्ने हुन्छ।
कम्पनीले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव लैजादै गर्दा १० प्रतिशत शेयर एफपिओबाट जारी गर्नु पर्ने हुन्छ। कम्पनीले गत आर्थिक वर्षमा एफपिओ निष्काशन गरेको थियो तर धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार कम्पनील  पहिलो पटक एफपिओ निष्काशन गरेको तीन वर्षसम्म एफपिओ निष्काशन गर्न पाउने छैन।
कम्पनीले अहिले साधारणसभाबाट शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्न सक्छ तर एफपिओको बाटो रोज्न अझै दुर्इ वर्ष पर्खनु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS